काठमाण्डौ
असोज १८
बौलाहा स्यालको टोकाईबाट रौतहटमा १८ जना घाईते भएका छन् ।
विहानै ६ बजेको समयमा स्यालको आक्रमणबाट जिल्लाको गरुडा, महम्मदपुर, पिपरापचरुखी, गम्हरिया लगायत गाउँका मानिसहरु घाइते भएका हुन् । घाईतेहरुको गौर अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरी प्रवक्ता नविन भण्डारीले जानकारी दिनुभयो । घाइते सबैलाई तत्कालै एआरभी भ्याक्सिन दिइएको र सबैको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
