काठमाण्डौ
असोज १८
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला सदरमुकाम बाहिर बैंकहरुको धेरै कार्यालय नहुदा आवास अनुदान रकम वितरणमा ढिलाई भएको भन्दै आफ्नो बचाउ गरेको छ ।
आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्राधिकरणको परामर्श समितीको बैठकमा प्राधिकरणले यस्तो बताएको हो । पुर्ननिर्माणको काम सुस्त गतिमा गरेको भन्दै आलोचना खेप्दै आएको प्राधिकरणले भौगोलिक विकटताका कारण निर्माण सामग्री ढुवानीमा समस्या हुँदा पनि पुनर्निर्माणमा ढिलाई भइरहेको बताएको छ । यस्तै बैठकमा प्राधिकरणले भूकम्पप्रभावित क्षेत्रहरुमा वस्ती विकास गर्दा स्थानीयलाई एकीकृत बस्तीतर्फ आकषिर्त गर्न नसकिएको समेत बताएको छ । यसैगरि काठमाडौं उपत्यकाभित्र मापदण्ड भन्दा साना घडेरी हुँदा उनीहरुलाई अनुदान वितरण गर्ने काममा अप्ठेरो आएको प्राधिकरणले स्ष्ट पारेको छ । परामर्श समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले जनताको जीवन रक्षार्थ युद्ध स्तरमा काम गरेर मात्रै पूनर्निर्माणमा प्रगति हासिल हुन सक्ने बताउनुभयो ।
