दशैँ मुखैमा,घर जाने टिकटको ठेगान छैन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १७ सोमवार १५:३७ बजे

दशैँ मुखैमा,घर जाने टिकटको ठेगान छैन

काठमाण्डौ
असोज १७
आजदेखि दसैँका लागि पुनः बसको टिकट बुकिङ खुल्दैछ । सरकारको सर्तअनुसार बस चलाउँदा यातायात व्यवसायीलाई हुने घाटा समितिले बेहोर्ने जनाएपछि यातायात व्यवसायीहरु बस चलाउन सहमत भएका हुन् ।

सरकारले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न नदिने जनाएपछि त्यसको विरोधमा व्यवसायीले ४० पतिशत बस चलाउन मानेका थिएनन् । सिट क्षमताअनुसार मात्र यात्रु राख्दा घाटा हुने भन्दै उनीहरुले एकतर्फी बाटोको इन्धन खर्च सरकारले दिनुपर्ने अडान राख्दै आएका थिए । यातायात व्यवसायीले बस संचालन नगर्दा दसैँमा उपत्यकाबाहिर जाने झण्डै ८ लाख यात्रुले टिकट पाएका छैनन् । अहिलेसम्म दसैँमा घर जान काठमार्डाैँ उपत्यकामा करिब १० लाख सर्वसाधरणले मात्रै टिकट पाएका छन् । हरेक वर्ष करिब १८ लाख मानिस सार्वजनिक यातायातबाट गृहजिल्ला जाने गरेका छन् । असोज ७ गते अग्रिम टिकट बुकिङ खुलेकोमा तीन दिनमै टिक सकिएको दाबी गर्दै व्यवसायीले थप बस चलाउन मानेका थिएनन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा हिजो भएको छलफलमा सरकारको सर्तअनुसार बस चलाउँदा हुने घाटा समितिले व्यहोर्ने सहमति भएपछि व्यवसायीहरु थप बस संचालन गर्न तयार भएका हुन् । यातायात व्यवसायीले थप बस चलाउने भएपछि आज सबेरैदेखि टिकट बुकिङ गर्न सर्वसाधारण लाइनमा बसेका छन् । टिकट बुकिङका लागि नयाँ बसपार्क, कलंकी, गौशाला, कोटेश्वर लगायतका स्थानमा सर्वसाधारणको भिड बढेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार