मकवानपुरको हेटौँडा १३ बेलडाँडामा बस दुर्घट्ना, ३ जनाको मृत्यु,५० भन्दा बढी घाइते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १६ आइतवार १५:२४ बजे

मकवानपुरको हेटौँडा १३ बेलडाँडामा बस दुर्घट्ना, ३ जनाको मृत्यु,५० भन्दा बढी घाइते

काठमाण्डौ
असोज १६
मकवानपुरको हेटौँडा १३ बेलडाँडामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हाँडीखोला २ मकरीबाट हेटौँडा आउँदै गरेको ना ४ ख ४३०७ नंबरको बस हेटौँडा १३ बेलडाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा चार वर्षका प्रमिस लामिछाने तथा २५ वर्षका सुर्यबहादुर तामाङ रहेका छन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका ५० भन्दा धेरै व्यक्तिलाई चुरे हिल अस्पताल हेटौँडामा ल्याइएको अस्पतालका डाक्टर सुन्दर श्रेष्ठले बताउनुभयो । एक सय भन्दा बढि यात्रु सवार ओरालो सडकमा बस पल्टिएको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले बताउनुभयो । बसले च्यापिएका घाईतेहरुको उद्धार जारी रहेको चौधरीले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार