एकाधिकार जमाउदै यातायात व्यवसायी,सरकारी संयन्त्र निरिह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १४ शुक्रवार १५:५३ बजे

एकाधिकार जमाउदै यातायात व्यवसायी,सरकारी संयन्त्र निरिह

काठमाण्डौ
असोज १४
नुवाकोट र रसुवामा एकाधिकार तोडिएको विरोधमा पासाङ ल्हामु यातायात सेवा समितिले  यातायात ठप्प पारेको छ ।

नुवाकोट र रसुवामा ३२ वर्षदेखि एक्लौटी वस सेवा सञ्चालन गर्दै आएको आफ्नोे एकाधिकार तोड्दै एक महिनादेखि छुट्टै वस सेवा सञ्चालन गरिएको विरोधमा पासाङल्हामु समितिका वस सञ्चालकहरुले आज यातायात बन्द गराएका हुन्। समितिका डेढ सय भन्दा धेरै वस नुवाकोट सदरमुकाम विदुरसहित आसपासको सडकमा तेस्र्याएर यातायात अवरोध गरेका छन् । काठमाडौंवाट नुवाकोट तथा रसुवावाट काठमाडौंका लागि हिंडेका वस प्रहरीले सुरक्षा दिन नसक्ने जनाएपछिबीच बाटोमै रोकिएका छन्।


प्रतिक्रिया

सम्बन्धित समाचार