स्थानीयको अवरोधले विगत ६ दिनदेखि नागढुंगा सुरुङमार्ग निर्माण रोकिएको छ । सुरुङले गर्दा पानीको मुहान सुकेपछि आयोजनालाई जानकारी गराउदा समेत समस्या समाधानमा गम्भिर नबनेको भन्दै स्थानीयले काममा अवरोध गरेका हु्न् ।
काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का अधिकांश घरमा ईनार सुकेको,मुलबाट आउने पानी समेत सुकेको स्थानीय बताउछन् । आयोजनाले तत्काल ट्यांकरबाट पानी उपलव्ध गराएपनि पर्याप्त पानीको अभावले टोलटोलमै झगडा हुने गरेको स्थानीयको भनाई छ । खानेपानी समस्याको स्थायी समाधानका लागि काम अघि बढाउने आयोजनाको प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै आयोजनाको साईट कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयका झ्यालका सिसाहरु फुटेका छन् । नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समिती नै गठन गरेर स्थानीयहरु खानेपानी समस्या समाधानमा जुटेका छन् । अहिले भने आयोजनाले पानीको समस्या समाधानका लागि प्रतिवद्ध रहेको बताएको तर आफूहरुसँग लिखित सहमती भएर कार्यान्वयन हुनुपर्ने समितिका अध्यक्ष नन्दु सुवेदीले बताए ।
आयोजनाले ट्यांकर मार्फत पानी उपलव्ध गराउदै आएपनि स्थानीयहरु किन तोडफोडमै उत्रिए ? भिडियोमा हेर्नुहोस्
