भक्तपुरमा ढिस्कोले पुरिएर मृत्यु भएका मजदुरको शव उठ्न ढिलाई (भिडियो सहित)


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ चैत १९ शनिवार १४:०८ बजे

भक्तपुरमा ढिस्कोले पुरिएर मृत्यु भएका मजदुरको शव उठ्न ढिलाई (भिडियो सहित)

भक्तपुरको चाँगुनारायण ९ ताथलीमा जग्गा प्लटिङको ढिस्को खसेर पुर्दा २ मजदुरको मृत्यु भएको छ । जग्गा प्लटिङ गर्ने व्यक्ति समयमै पीडितसमक्ष उपस्थित नहुँदा मृतकको शव उठाउन समय लागेको छ ।

शुक्रबार अपरान्ह ढिस्को खसेर मजदुरको ज्यान गएपनि शनिबार मध्यान्ह सम्म शव उठ्न सकेको छैन । पीडित परिवारले उचित क्षतिपूर्तिको माग राखेर प्लटिङ गर्ने व्यक्ति घट्नास्थलमै आउनुपर्ने अडान राखेपछि शव उठ्न नसकेको हो । सम्बन्धित व्यक्ति समयमै सम्पर्कमा नआईदिदा आफूहरुलाई समस्या परेको मृतकका आफन्तको भनाई छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकका वर्षमान तामाङ र चतुरमान तामाङ छन् ।

घट्ना यसरी भएको थियो भिडियो हेर्नुहोस्


प्रतिक्रिया

सम्बन्धित समाचार