काठमाण्डौ
असोज १२
यातयात व्यवसायीले आज बिहान बिपी राजमार्ग अवरुद्ध गरेका छन ।
सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि हिजो धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि यातायात व्यवसायीले झण्डै १ घण्टा राजमार्ग अवरुद्ध गरेका प्रहरीले जनाएको छ । बन्द एकघण्टापछि खुलेको थियो । सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग एकघण्टासम्म अवरुद्ध पारेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
