सरसल्लाह गरेरै ५ जनाले एकैचोटी विष पिए ! ( भिडियोसहित )


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ फागुन २४ मंगलवार १७:३५ बजे

सरसल्लाह गरेरै ५ जनाले एकैचोटी विष पिए ! ( भिडियोसहित )

काठमाण्डौंको नागार्जुनमा एकै परिवारका ५ जनाले विष सेवन गर्दा एक जनाको मृत्यु भएको छ भने चार जना सिकिस्त बिरामी परेका छन् । उनीहरुले सरसल्लाह गरेर ‘सुसाईड नोट’ तयार गरेर विष सेवन गरेको पाइएको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा उद्धव पुरीको घरमा उनीहरु विगत ४ महिनादेखि डेरामा बस्दै थिए । घरबेटी पुरीका अनुसार उनीहरुले घरबहाल हालसम्म तिरेका थिएनन् । उनीहरुका निकटस्थका अनुसार आर्थिक तनाव,आर्थिक लेनदेन लगायतले उनीहरु प्रताडित थिए । उनीहरुमध्ये केहि मानसिक रोगी समेत रहेको खुल्न आएको छ ।

सिकिस्त बिरामी ६२ वर्षीया इन्दिरामाया प्रधान सहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भईरहेको छ ।

विष सेवनबाट ईन्दिरामाया सहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था चिन्ताजनक छ ।

हेर्नुहोस् भिडियोमा घट्नास्थल र घरबेटीले जे देखे


प्रतिक्रिया

सम्बन्धित समाचार