सर्वोच्च अदालतको नयाँ भवन निर्माणले गति लिएको छ । ५ अर्ब ८७ करोड लागतमा सुविधासम्पन्न भवन सिंहदरबार परिसरमा बन्न लागेको हो ।
सर्वोच्चको पुरानो भवनकै पछाडि १८ रोपनी क्षेत्रफलमा नयाँ भवन निर्माणाधिन छ । हाल दैनिक २ सय ५० भन्दा बढि कामदार खटिरहेका सर्वोच्च अदालत भवन निर्माण आयोजनाका सिनियर सुपरभाईजर शिवराम थपलियाले बताए । ३६ महिनाभित्र काम सम्पन्न गर्नेगरी यस आयोजना बिना पुरी–कालिका–समानान्तर जेभीले जिम्मा लिएको हो । ०७७ को चैत्रबाट निर्माण कार्य प्रारम्भ भएको हो । तोकिएकै समयमा सुविधासम्पन्न भवन निर्माण गरिसक्ने ठेकेदार कम्पनीको लक्ष्य छ । ‘जतिसक्दो छिटो ह्याण्डओभर गर्न हाम्रो सम्पूर्ण युनिट,कामदारहरु जुटिरहेका छौँ’ सुपरभाईजर थपलियाले भने ।
हाल एउटा टावर क्रेनले समेत काम गरिरहेको छ । केहि समयमै अर्को समेत टावर क्रेन थपेर कामको गतिमा अझ तीव्रता दिने निर्माण कम्पनीको लक्ष्य छ ।
सर्वोच्च अदालनको नयाँ भवन कस्तो बन्दैछ त ? भिडियोमा हेर्नुहोस्
