२५ लाख रुपैया बोकेर टाप कस्ने खोज्न प्रहरीलाइ भ्याइनभ्याई


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ११ मंगलवार १५:२१ बजे

२५ लाख रुपैया बोकेर टाप कस्ने खोज्न प्रहरीलाइ भ्याइनभ्याई

काठमाण्डौ
असोज ११
विराटनगरको ट्राफिक चोक नजिकै रहेको बी प्लटमा पार्क गरेर राखिएको गाडीबाट आज दिउँसो २५ लाख रूपैयाँ चोरी भएको छ ।

थेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकका कर्मचारीले राष्ट्र बैंक विराटनगर शाखाबाट  झिकेर  गाडीमा राखेको पैसा चोरी भएको हो ।  को १ त ८०१९ नम्बरको गाडीको सिसा फुटाएर अज्ञात व्यक्तिले रकम चोरेको मोरङ प्रहरीले जानकारी दिएको  छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी संजयसिंह थापाले यसबारे अनुसन्धान भईरहेको जानकारी दिनुभयो । प्रहरीले सो एरियालाई सिल गरेर अनुसन्धान गरिरहेको छ । गाडीका चालक र बैंकका अर्का एक कर्मचारी रकम निकाल्न विराटनगर गएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार