धमाधम अघि बढेको नागढुंगा सुरुङमार्ग समयमै सकिएला ? यस्तो छ प्रगति


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ कात्तिक २ मंगलवार ११:५१ बजे

धमाधम अघि बढेको नागढुंगा सुरुङमार्ग समयमै सकिएला ? यस्तो छ प्रगति

नागढुंगा अर्थात काठमाण्डौं प्रवेशको मुख्य नाका । राजधानी आवतजावत गर्दा घण्टौंसम्म समेत जाममा बस्नुपर्ने बाध्यता यथावत छ । चाडपर्वको समयमा होस् या बिचमा कुनै गाडी बिग्रिएमा मात्रै पनि सवारीको लामो लाईन् लाग्ने गर्छ । यहि जाम समाधान गर्न तथा काठमाण्डौं आवतजावत छिटो छरितो बनाउनुका साथै नेपालको विकासनिर्माणको नमुनाका रुपमा उभ्याउन यस नाका छेउमा सुरुङमार्ग निर्माणाधिन छ ।

नेपालको सडक पूर्वाधारमा यो पहिलो र ‘ओभरफ्लाइ’ सहितको सुरुङमार्ग हो । जापान सरकारको सहयोगमा निर्माणाधिन यस आयोजनाको निर्माणको जिम्मा पनि जापानीज कम्पनी हाज्मा – एण्डो जेभीले पाएको छ । पूर्वतर्फ काठमाण्डौंको टोटीटोल तथा पश्चिमतर्फ धादिङको सिस्नेखोलाबाट काम भईरहेको छ ।

४२ महिना निर्माण अवधि तोकिएको यस आयोजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेका थिए । सुरुङमार्गले सडकको चाप हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्न सक्ने देखिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले गरेको विस्तृत परियोजना प्रतिवेदन डिपिआरमा सुरुङमार्गको लगानी आगामी सात वर्षमा उठ्ने उल्लेख छ ।
प्राविधिक दृष्टिकोणबाट ५०० मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ । यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ ।
सुरुङमार्ग निर्माण तीव्रताका साथ अघि बढेको र निर्माणकार्यमा जापानीज तथा नेपाली जनशक्ति लागिपरेको यस आयोजनाका प्रवक्ता समेत रहेका कन्सल्ट्याण्ट ईञ्जिनियर रमेश कोइरालाले बताए । कोभिडको महामारीमा काम केहि समय रोक्नुपरेपनि पछिल्लो समय तीव्रताका साथ काम भईरहेको उनले बताए । “तोकिएको टार्गेट अनुसार पुग्न सकिरहेका त छैनौँ । तरपनि हामीलाई के हिम्मत छ भने हामी निर्धारित समयभित्रै मेकअप गर्न सक्छौँ भन्ने छ” कोईरालाले भने ।

सुरुङमार्गमा मुख्य बाटो तथा सहायक (निकास) गरी दुईवटा सुरुङ निर्माणाधिन छ । दुबै सुरुङ प्राथमिकताका साथ काम भईरहेपनि आकस्मिक निकासका लागि बनाईको सुरुङ सानो आकारको भएकाले निर्माणकार्य छिटो अघि बढेको छ । मुख्य भन्दा निकासका लागि बनाईने सहायक सुरुङ चाडो सकिने देखिएको छ । त्यसपछि पूरै ध्यान मुख्य सुरुङ निर्माणमा जाने ईञ्जिनियर कोइरालाले बताए ।

आयोजनाका प्रवक्ता एवं कन्सल्ट्याण्ट ईञ्जिनियर रमेश कोइरालासँग गरिएको कुराकानी भिडियोमा –


प्रतिक्रिया

सम्बन्धित समाचार