काठमाण्डौं तराई फाष्ट ट्रयान निर्माणको काम नेपाली सेनाले जिम्मा लिएर गर्दै आएको छ । राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिइएको यस मार्ग बनिसक्दा काठमाण्डौं उपत्यका सबैभन्दा छोटो दुरीमा तराई जोडिन्छ । अर्थात ७६ दशमलव २ किमीको यात्रापछि काठमाण्डौंबाट निजगढ पुगिन्छ ।
फाष्ट ट्रयाक निर्माणको विषयमा चासो धेरैको छ । चारबर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएपनि अझै यो मार्गको धेरै क्षेत्रमा ट्रयाक खोल्न बाँकी छ । यो मार्गमा ठूला पुल तथा कतिपय ठाउँमा सुरुङमार्ग बनाउनुपर्नेछ । फाष्ट ट्रयाक निर्माणको सुस्त गति तथा जहाँतहीँ गाडी रोक्ने तथा प्रवेश गर्ने पोइन्ट (विन्दु) नहुने भएकाले पनि यस सडकको आसपासका स्थानीय त्यतिधेरै उत्साहित छैनन् ।
यो सडक बन्ने चर्चासँगै केहि बर्षअघि धमाधम यस क्षेत्र आसपासका क्षेत्रमा जग्गा कारोबार भयो । जग्गाको भाउ बढ्यो । तर अहिले भने यस क्षेत्र आसपासमा जग्गा कारोबार सुस्ताएको मात्र छैन । विगतमा जग्गा किनेका कतिपय व्यक्तिहरु नै निरास छन् । फाष्ट ट्रयाक निर्माणको अबस्था तथा यसबाट कत्तिको उत्साहित हुनुहुन्छ भनेर हामीले यस मार्ग आसपासका स्थानीयसँग कुरा गरेका छौँ ।
भिडियो हेर्नुहोस् ।
