असार १ पछि पटक पटक आएको बाढीले क्षति पुगेको सिन्धुपाल्चोकको हेलम्बु क्षेत्र अझै उठ्न सकेको छैन । हेलम्बुको मुख्य व्यापारिक केन्द्र चनौटे बजारकै बिचबाट अझैसम्म मेलम्ची खोलो बगिरहेको छ ।
मेलम्ची खानेपानी आयोजनाको अम्बाथान ड्याम जाने बाटो यहि क्षेत्रमा पर्छ । यो मार्ग जोड्ने महत्वपूर्ण मानिएको चनौटेको रातोपुल साउन १६ पछिको बाढीले बगायो । हाल सो क्षेत्रमा फड्के हालिएको छ भने त्यसैको माथिबाट तुईन समेत बनाइएको छ । फड्के हालिएपनि जोखिम कायम रहेको स्थानीयहरु बताउछन् । केहि समयअघि सो फड्केबाट लडेर एक स्थानीय युवा बगे । भाग्यवस्, उनी बाच्न सफल भए ।
दशैं नजिकिएसँगै बाढी पीडितमा अर्को पीडा थपिएको छ । यतिसम्म कि,दशैंमा टिका लगाएर के दक्षिणा दिने होला भन्ने सम्मका केहि बाढी पीडित रहेको स्थानीय एक शिक्षक सोम ज्योती बताउछन् । हेलम्बु क्षेत्रको अबस्था,सरकारको उपस्थिति,बाढी पीडितको मनसाय लगायतबारे हामीले उनै शिक्षक ज्योतीसँग कुराकानी गरेका छौँ ।
भिडियोमा हेर्नुहोस् ।
