यस्तो भयो बाढीले थिचिएको मेलम्ची बजार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ भदौ १२ शनिवार ११:३६ बजे

यस्तो भयो बाढीले थिचिएको मेलम्ची बजार

दिनहरु अझै ओभाएका छैनन् । बेलाबेला पानी पर्दा फेरि असार १ दोहोरिने त्रास स्थानीयको मनमा छ । तैपनि घरको तेस्रो तल्लासम्म थुप्रिएको बालुवा,ग्रेगर पन्छाउन जुटेका छन् उनीहरु ।

असार १ गते आएको भीषण बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको मेलम्ची,हेलम्बु,पाँचपोखरी क्षेत्रका स्थानीय यतिबेला सामान्य जनजीवनमा फर्किने प्रयत्न गरिरहेका छन् । तर हिजोको व्यस्त बजार अहिले बगरमा परिणत भएको छ । बजारभरी थुप्रिएको बगर पन्छाउने प्रयास स्थानीयले गरिरहेका छन् ।
धेरैको घरजग्गा उठिबास लागेको छ । यतिमात्र होइन, हेलम्बु क्षेत्रका दर्जन भन्दा धेरै मानिस अझै वेपत्ता छन् । केहिको भने शव भेटियो ।

सामान्य अबस्थामा फर्किने कोसिस गरिरहेका हेलम्बु तथा मेलम्चीबासीलाई साउन १६ गते फेरि अर्को भिषण बाढीले धक्का दियो । त्यसबेला असार १ गतेबाट प्रभावित बनेका केहि घरहरु बाढीले बगायो ।

बाढी पछि प्रभावित क्षेत्र तथा पीडितहरुको अबस्था भिडियोमा देख्न सक्नुहुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार