नागढुंगा सुरुङमार्गको भित्री भाग यसरी खनिदैछ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७८ भदौ ११ शुक्रवार ०७:०३ बजे

नागढुंगा सुरुङमार्गको भित्री भाग यसरी खनिदैछ

काठमाण्डौं आवतजावतलाई सहज बनाउन नागढुंगामा निर्माणाधिन सुरुङमार्गमा चौबिसै घण्टा काम भईरहेको छ । बर्षायामले गर्दा बाहिरी रोडको काम चाडो नभएपनि सुरुङ खन्ने काम भने फटाफट भईरहेको छ । जापनीज तथा नेपाली प्राविधिक तथा नेपाली कामदारको निरन्तरको प्रयासले एउटा सहायकमार्ग र अर्को मुख्य गरी समानान्तर रुपमा दुई ओटा सुरुङ एकसाथ खनिदैछ ।

४२ महिनाभित्र काम सम्पन्न हुनेगरी सुरु भएको २० महिना पुगिसकेको छ । बाँकी २२ महिनामा काम सम्पन्न गर्नुपर्ने चटारो ठेकेदार कम्पनीलाई छ । तर काम अहिलेसम्म झण्डै २५ प्रतिशत सम्पन्न हुनेक्रममा छ । यो अबस्थामा ठेकेदार कम्पनीले पछिल्लो समय निर्माण कार्यलाई अझ तीव्रता दिएको हो ।

हेर्नुहोस्, नागढुंगा सुरुङमार्ग यसरी खनिन्छ । भिडियो सहित ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार