काठमाण्डौ
असोज ९
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
चैतन्य कुमारी घिमिरे, नारायण प्रसाद काफ्ले र रामचन्द्र कार्कीको सनाखत भएको चितवन प्रहरीले जानकारी दिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा, आफन्त रामचन्द्र कार्की र सुरक्षागार्ड सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक नारायण काफ्ले हुन् ।मुक्तिनाथको दर्शन गरेर फर्कदै गर्दा पूर्व गृहमन्त्री चढेको बा ९ च १५१३ नम्बरको गाडी चितवनको दाह्रेचोक गाविस(३ को घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो ।चालकले हाम फालेर ज्यान जोगाएका छन् । घाइते चालक विष्णु राईलाई उपचारका लागि भारतपुर लगिएको छ । पूर्व गृहमन्त्री घिमिरेसहित तीनजना बेपत्ता छन् ।
