काठमाण्डौ
असोज ८
दसैँमा लोडसेडिङको समय घटाउने नेपाल विद्युत प्राधिकरणले तयारी गरेको छ ।
प्राधिरकरणले हाल दैनिक ८ घण्टा हुँदै आएको लोडसेडिङको समयलाई दसैँभरिका लागि दैनिक दुई घण्टामा सीमित गर्ने तयारी गरेको हो । प्राधिकरणले यस अघि पनि अघोषित रुपमा दसैंमा लोडसेडिङ घटाउने गरेको थियो । यस पटक भने दसैं भरको लागि नयाँ लोडसेडिङ तालिका सार्वजनिक गर्ने तयारी गरेको विद्युत प्राधिकरण भार प्रेषण केन्द्रका निर्देशक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दसैँभरिका लागि दैनिक दुई घण्टा लोडसेडिङ गर्ने उहाँले जानकारी दिनुभयो । उद्योगधन्दाहरु कम सञ्चालन हुने भएकाले दसैंमा विद्युतको खपत पनि निकै घट्छ । श्रेष्ठका अनुसार उद्योगधन्दाले मात्र तीन सय १५ मेगावट विद्युत खपत गर्छन ।
