गणित शिक्षकका लागि निशुल्क तालिम


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन २८ शुक्रवार ०५:१३ बजे

गणित शिक्षकका लागि निशुल्क तालिम

गणित अध्यापन गराउने शिक्षकका लागि निशुल्क तालिम सञ्चालन हुने भएको छ । काठमाण्डौं जोरपाटीको एडभान्स चामुण्डा ईन्टिच्युटले शनिबार एक दिने तालिम आयोजना गर्न लागेको हो ।

तालिममा नेपालका ख्यातीप्राप्त गणित विषयका प्रशिक्षकहरु रहने इन्सिच्युटका प्रोपाइटर दिपक रायमाझीले बताए । ‘तालिम निशुल्क हुनेछ । सहभागीहरुलाई प्रमाणपत्रको व्यवस्था पनि गरेका छौँ’ उनले भने ।

काठमाण्डौका पुर्वी भेगमा अवस्थित विद्यालयमा कक्षा १० को अनिवार्य गणित बिषय अध्यापन गराउने शिक्षकहरुलाई मध्यनजर गर्दै यो तालिम आयोजना गरिएको हो ।

चावहिलको बिनायक सिद्ध क्याम्पसमा अपरान्ह १.३० बजेदेखि प्रशिक्षण सञ्चालन हुनेछ । यस ईन्स्टिच्युटले हरेक बर्ष एसईई दिने विद्यार्थीहरुका लागि प्रतियोगी परिक्षा समेत सञ्चालन गर्दै आएको प्रोपाईटर रायमाझीले बताए ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार