निलकण्ठको नीलकण्ठीय दृष्टिले यस्तै पाराले चुनाव नहुने देख्छ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ८ शनिवार १७:१३ बजे

निलकण्ठको नीलकण्ठीय दृष्टिले यस्तै पाराले चुनाव नहुने देख्छ

काठमाण्डौ
असोज ८
पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले अहिलेकै अवस्थामा कुनै पनि निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ ।

पर्वतको सदरमुकाम कुश्मामा आज सञ्चारकर्मीहरुसँग उहाँले अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का व्यक्त गर्दै दलहरु गम्भीर नभए समस्या उत्पन्न हुने बताउनुभयो । उहाँले राजनीतिक दलहरु नै चुनावको पक्षमा नभएको समेत आरोप लगाउनुभयो ।  बाँकी १६ महिनाभित्र तीन वटै चुनाव गर्न सकिने भएकाले अब तत्काल ऐन बनाएर अघि बढ्नुपर्ने उहाँको सुझाव छ । दुई दशकदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिँदै उहाँले निर्वाचनको वातावरण बनाउन सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार