राष्ट्रिय संगितकर्मी संघका वरिष्ठ उपाध्यक्ष ढुंगानाद्वारा राजिनामा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ३० शुक्रवार ०८:११ बजे

राष्ट्रिय संगितकर्मी संघका वरिष्ठ उपाध्यक्ष ढुंगानाद्वारा राजिनामा

काठमाडाैं । राष्ट्रिय संगितकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुंगानाले राजीनामा दिएका छन् । २०६२ सालदेखी निरन्तर संस्थाको हक हितको लागि निरन्तर लागि परेका ढुंगानाले घरायसी कारण देखाउदै राजीनामा दिएका हुन् ।

संस्थापक सह-सचिवका रुपमा २०६२ सालदेखी निरन्तर संस्थाको हक हितको लागि निरन्तर लागि परेका ढुंगानाको एक्कासी राजिनामा आएपछी राष्ट्रिय संगितकर्मी संघमा तरङ्ग आएको छ। देशभर ६० भन्दाबढी जिल्लामा संस्थाकाे शाखा विस्तार रहेकाे छ । चैत्र २८ र २९ गते केन्द्रिय महादिवेशनकाे मिति तय भैसकेकाे छ भने जिल्ला तथा प्रदेषका अभिवेशन धमाधम भैरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष पद सम्हालेका ढुंगाना आसन्न महाधिवेशनमा अध्यक्ष पदका उमेदवारका दाबेदार हुन् । गत महाधिबेसनमा अध्यक्ष पदका उमेदवार रहेका ढुंगानाले राजेन्द्र कुमार कार्कीलाई आफू अध्यक्ष पद छोडेर समर्थन गरेका थिए।

एक्कासी राजिनामा आएपछि उनको राजिनामाको भित्री पाटो भने खुलिसकेको छैन। उनले सामाजिक संजाल मार्फत राजिनामा घोषणा गर्दै उनले संस्थाको केन्द्रिय कार्यालय कोटेश्वरमा राजीनामाको लिखित पत्रसमते दर्ता गराएका छन। तर, उनको राजीनामा स्वीकृत भने भएकाे छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार