ढटुवा सरकारलाइ सर्वोच्चले घुँडा टेकायो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ७ शुक्रवार १८:५७ बजे

ढटुवा सरकारलाइ सर्वोच्चले घुँडा टेकायो

काठमाण्डौ
असार ७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख  लोकमानसिंह कार्कीको नियुक्तीको फाइल सरकारले सर्वोच्च अदालतमा बुझाएको छ ।

सर्वोच्चले माग गर्दा सरकारले भूकम्पका बेला हराएको भनेको अख्तियार प्रमुख कार्की नियुक्तिको फाइल आज सर्वोच्चमा बुझाइएको हो । नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले कार्कीलाई नियुक्त गर्दाको सक्कली फाइल मगाएको थियो। सुरुमा फाइल माग्दा सरकारले भूकम्पका बेला हराएको भन्ने जवाफ दिएको थियो। त्यसपछि सर्वोच्चले सक्कली फाइल नदिए कारबाही गर्ने चेतावनीयुक्त आदेश दिएको थियो । अदालतले फाइल बुझाउन निर्देशन दिएको सातदिन भित्र सरकारले फाइल बुझाएको हो । अख्तियार प्रमुख कार्की भने अहिले केहि समयको विदा लिएर क्यानडामा हुनुहुन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार