कोरोना अपडेटः १०५ जनामा संक्रमण, २७२ जना डिस्चार्ज, २ को मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २३ शुक्रवार १०:४८ बजे

कोरोना अपडेटः १०५ जनामा संक्रमण, २७२ जना डिस्चार्ज, २ को मृत्यु

काठमाडौं । नेपालमा आज थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै हिजो नेपालमा १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार