केन्द्रीय कारागारका कैदीले सोमबार कोरोनाविरुद्धको खोप लगाए


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १९ सोमवार १२:४३ बजे

केन्द्रीय कारागारका कैदीले सोमबार कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरूद्धको खोप नेपालमा पनि लगाउँन सुरू भएको छ । यसैक्रममा सोमबार केन्द्रीय कारागारमा रहेका कैदीहरुलाई पनि खोप लगाइएको छ ।

सदर जेल सुन्धारा कारागारमा रहेका २ हजार ५ सय कैदीलाई सोमबार कोरोनाविरुद्धको खोप लगाइएको छ। यस्तै डिल्ली बजार कारागारमा रहेका ४ सय ८० कैदीलाई खोप लगाइएको छ ।

साथै ४१ जना स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ। अझै ८ सय जना महिला कैदीहरु खोप लगाउन बाँकी रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक शर्मा गौतमको उपस्थितमा कैदीहरुलाई खोप लगाइएको हो । भारतले निःशुल्क उपलब्ध गराएको कोभिशिल्ड नामक खोप माघ १४ बाट नेपालमा लगाउन सुरू गरिएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार