अध्याँरो कोठाभित्र फैलिएको हिमाली क्षेत्र–‘थाङ्ला’ एक जीवन्त चित्र


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ४ मंगलवार २०:३८ बजे

अध्याँरो कोठाभित्र फैलिएको हिमाली क्षेत्र–‘थाङ्ला’ एक जीवन्त चित्र

काठमाण्डौ
असोज ४
जो कोहिपनि अध्याँरो कोठाभित्रबाट एक्कैछिन्मा उच्च हिमाली क्षेत्रमा पुग्छ,हिमाली समुदाय,जीवनशैली र दैनिकीसँग गाँसिन्छ अनि क्षणभरमै हाँस्छ त क्षणभरमै रुन्छ । यो अवसर तवमात्र मिल्छ,जो शरुभक्तको आलेखमा अनुप बरालद्धारा निर्देशित नाटक थाङ्गला हेर्न पुग्छ । करिब १७ बर्षपछाडी सो नाटक यहि असोज १५ गतेसम्म काठमाण्डौको पुरानोबानेश्वरस्थित शिल्पी थियटरमा पूनः मञ्चन भइरहेको छ ।

01

हिमाली कथाबस्तु र विशेषत शेर्पा समुदायमा व्याप्त परम्परावादी संस्कारलाइ समयानुकुल परिवर्तन ल्याउनुपर्छ भन्ने सन्देश दिने नाटक थाङ्गलाले सामाजिक चेतनासँगै विकृति निवारण र संस्कृती जागरणको उत्तम सन्देश दिन्छ ।

02

अझ नाटकका पात्रहरुको जीवन्त,जादुमयी र आकर्षक अभिनयले नाटक हेर्न पुगेका जो कोहीले पनि १ घण्टा ४० मिनेट वितेको पत्तै पाउदैनन् । भाद्र १७ देखि आश्विन १५ सम्म मंगलबारबाहेकका दिनमा साँझ ५ बजे र शनिबार दिउसो १ बजे र साँझ ५ बजे यो नाटक शिल्पी थियटरमा चलिरहेको छ ।

14333662_545778842300054_7442290079478642687_n14316916_1022908951160728_2609635496339924080_n

सफल चलचित्रकर्मी,अभिनेता अभिनेतृदेखि अभिनय क्षेत्रमा पोख्त कलाकारले यस नाटकमा विभिन्न पात्रको भूमिका निर्वाह गरेका छन् ।

तस्विर_चलचित्र अभिनेता केशव राइको फेसबुकबाट साभार


प्रतिक्रिया

सम्बन्धित समाचार