टिुमरेमा टिम्मुरिएको बाटो खुलेसँगै चीन हुँइकिनेहरु हुइकिदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ४ मंगलवार १५:३९ बजे

टिुमरेमा टिम्मुरिएको बाटो खुलेसँगै चीन हुँइकिनेहरु हुइकिदै

काठमाण्डौ
असोज ४
पहिरोले गर्दा  ८ दिन यता अबरूद्ध चीनको सीमाना जोड्ने स्याफ्रु–टिमुरे सडकखण्डमा आज बाट खुलेको छ ।

रसुवाको वृद्धिम–१ फ्याङ्लुङमा चट्टानसँगै झरेको ठूलो पहिरो पन्छाएपछि आज विहानबाट सो बाटो खुलेको हो । भदौ २७ गतेदेखि सो बाटो अवरुद्ध भएको थियो । बाटो पुरिएपछि पहिरो पन्छाउने काम हिजो साझ सकिएपछि आजबाट यातायात सहज सूचारु भएको रसुवाका पमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
लिङलिङ इलाका क्षेत्रमा पहिरो खसेपछि अवरुद्ध नेपाल–चीनबीचको व्यापारिक मार्ग खोल्ने कामामा स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल र नारायण दल गणका नेपाली सेना खटेका थिए । सडक अवरुद्ध भएपछि केरुङबाट सामान लिई आएका करिब २०० ट्रक कन्टेनर रोकिएका र ६ करोड भन्दा बढी राजस्व नोक्सान भएको भन्सार अधिकारीले बताएका छन् । सिन्धुपाल्चोकबाट चीनको तातोपानी नाका बन्द भएपछी रसुवा नाकाबाट नै  धेरै आवत जावत गरिदै आईएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार