ओनसरी र बर्षमानले आज चिनीया कल्चर हेर्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ४ मंगलवार १५:३६ बजे

ओनसरी र बर्षमानले आज चिनीया कल्चर हेर्दै

काठमाण्डौ
असोज ४
सभामुख ओनसरी घर्ती मगरले आज चीनको गाम्सु प्रान्तमा हुने ‘सिल्क रोड इन्टरनेसनल कल्चर एक्स्पो’मा भाग लिदै हुनुहुन्छ ।

आजदेखि सुरुहुने सो एक्स्पोमा भाग लिन सभामुख घर्तीको नेतृत्वमा आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीन गएको हो । घर्तीले सो एक्स्पो पछि असोज ६ र ७ गते चीनको युनान प्रान्तको समेत भ्रमण गर्ने कार्यतालिका रहेको व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
सभामुख घर्तीका साथ नेकपा माओवादी केन्द्रका नेता एवम् उहाँका पति वर्षमान पुन, सचिवालयका महासचिव मनोहर भट्टराईलगायत रहनुभएको छ । उहाँ असोज ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार