डिस्टिलरी व्यवसायीको शंकास्पद मृत्यु, चार कर्मचारी पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १५ बिहीवार ०७:५६ बजे

डिस्टिलरी व्यवसायीको शंकास्पद मृत्यु, चार कर्मचारी पक्राउ

धनुषा । धनुषाको दुर्गा टोलमा डिस्टिलरी व्यवसायीको शंकास्पद मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गाटोलस्थित क्षिरेश्वर डिस्टिलरीका सञ्चालक उदयपुर त्रियुगा नगरपालिका–७ चुआरेका ५१ वर्षीय प्रमोद रेग्मी मृत भेटिएको जनाएको छ ।

बुधबार बिहान निधारमा गहिरो चोट लागेको अवस्थामा उद्योग परिसरमै रहेको निवासमा रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ । रेग्मीको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

निधारमा गहिरो चोट लागेकाले रेग्मीको हत्या भएको आशंका गरिएको छ । घटनाको अनुसन्धानका लागि डिस्टिलरीमा कार्यरत चार जना कर्मचारीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक रायले बताए । डिस्टिलरीका अन्य सञ्चालकहरुलाई समेत प्रहरीले सम्पर्क रहन भनेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार