नया साझा बसमा सरर काठमाण्डौ दशैपछि घुमौँला


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ३ सोमवार १५:४७ बजे

नया साझा बसमा सरर काठमाण्डौ दशैपछि घुमौँला

काठमाण्डौ
असोज ३
साझा यातायातले ३० वटा नया बस थपेको छ ।

काठमाडौं महानगरपालिकाको १० करोड रुपैयँको लगानीमा नया बस ल्याईएको हो । ३० वटै बस आज राजधानी  आईपुगेको साझा यातायातका कायम मुकायम निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।  अहिले ल्याईएका बसहरु पहिलेका भन्दा सुविधायुक्त र अपाङ्ग मैत्री रहेका छन् । अपाङ्गता भएकाहरुले चढ्नका लागि बसको पछाडिको ढोका ह्वील चियर पस्ने गरी निर्माण गरिएको पाण्डेले बताउनु भयो । नयँ ल्याइएका बसहरु दशैपछाडी पुरानै र नया रुटमा संचालन गर्ने साझा यातायातको तयारी छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार