बाराक ओबामाले राष्ट्रपति विद्या भण्डारीलाइ प्रीय भने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २ आइतवार २०:३३ बजे

बाराक ओबामाले राष्ट्रपति विद्या भण्डारीलाइ प्रीय भने

काठमाण्डौ
असोज २
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका अवसरमा नेपाली जनतालाई बधाइ दिनुभएको छ ।

नेपालले गत बर्ष असोज ३ गते नयाँ संविधान जारी गरेको एक बर्ष पुगेको अवसरमा भोली संविधान दिवस मनाउन लागेको अवसरमा ओबामाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रिय राष्ट्रपति भन्दै शुभकामना सन्देश पठाई बधाई ज्ञापन गर्नुभएको हो । राष्ट्रपति ओबामाको सन्देशमा भनिएको छ ‘ यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुसी लागेको छ । संयुक्त राज्य अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ ।’ ओबामाले नेपालमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको भएपनि विपद्मा आफ्ना आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार