थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २४ शुक्रवार १०:२९ बजे

थप ५५४ जनामा कोरोना संक्रमण, ५८५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ५८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५७ हजार २२९ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै हिजो ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार