काठमाण्डौ
असोज १
धनकुटा नगरपालिका–१४ वेलहराका २६ वर्षीय प्रेम भण्डारीको गएराति डाँडागाउँ–१ मा गोली हानी हत्या भएको छ ।
डाँडागाँउ–१ का चक्रे भनिने खड्कबहादुर गुरुङले गएराति करिब ११ वजे गोली हानी भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण गुरुङले भण्डारीमाथि गोल प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । भण्डारीको शव आज बिहान खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभुतीराज पाण्डेले जानकारी दिनुभयो । हत्याका आरोपी गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको पाण्डेले जानकारी दिनुभयो ।
