डाक्टरले बच्चा मारेको भन्दै हुलका हुल कराउदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १ शनिवार १५:४४ बजे

डाक्टरले बच्चा मारेको भन्दै हुलका हुल कराउदै

वीरगंज
असोज १
वीरगन्जको गण्डक चोकमा रहेको गण्डक अस्पतालमा प्रशासन र डाक्टरको लापरवाहीले एक नवजात शीशुको मृत्यु भएको भन्दै अस्पताल परिषरमा प्रदर्शन भएको छ ।

गण्डक हस्पिटलमा गत भदौ २८ गते जन्मिएकी शीशुको आज बिहान आइसियु कक्षमा उपचारकै क्रममा मृत्यु भएपछि डाक्टरले लापरवाही गरेको भन्दै मृतक शीशुका परिवार तथा आफन्तहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसर बिहानै देखि तनावग्रस्त बनेको छ । गण्डक हस्पिटलमा गत भदौ २८ गते भर्ना भएकी पर्साको कोनिया गाँउकी अन्तिमा देवीले जन्म दिएकी शीशुको आज बिहान ६ बजे मृत्यु भएको हो । भदौ २८ गते साँझ जन्मीएकी शीशुलाइ श्वास प्रश्वासमा समस्या रहेको भन्दै अस्पतालको आइसीयु कक्षमा भर्ना गरिएको थियो । डाक्टरले शीशुको स्वास्थ्य अवस्था सामान्य भईसकेको बताएपनि आज बिहान अचानक बच्चाको मृत्यु भएको खबर आएकोेले  डाक्टर र अस्पताल प्रशासनको लापरवाहीका कारण सो घटना भएको भन्दै मृतक शीशुका आफन्तले बताएका छन् । अस्पताल परिसरमा तनाव भएपछि बिहान देखि प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार