उपत्यकामा थपिए २७९ कोरोना संक्रमित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १० शुक्रवार १०:३८ बजे

उपत्यकामा थपिए २७९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।

काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा शुक्रबार थप ६०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ८९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार