स्याङ्जाका काेराेना संक्रमितकाे बुटवलमा मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ८ बुधवार १३:३२ बजे

स्याङ्जाका काेराेना संक्रमितकाे बुटवलमा मृत्यु

बुटवल । बुटवलकाे कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा स्याङ्जा, कालीगण्डकी गाउँपालिका ५ का ७२ वर्षीय पुरुषकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।

मंसिर २६ गते कोरोना पोजिटिभ देखिएपछि पुस ४ गते अस्पताल भर्ना भएका उनको बुधबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

यस्तै बुधबार नेपालमा काेराेना संक्रमणबाट ५ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।


प्रतिक्रिया

सम्बन्धित समाचार