१३ अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेक्स सञ्चालन गरिने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ८ बुधवार ०८:३२ बजे

१३ अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेक्स सञ्चालन गरिने

काठमाडौं । सरकारले देशका प्रमुख नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालन गर्ने भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सचिवस्तरीय बैठकले १५ पुषभित्र १३ प्रमुख नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

बैठककाे निर्णयअनुसार स्वास्थ्य सेवा विभागले हेल्थ डेक्समा खटिने कर्मचारीको नाम प्रकाशित गरेर ती कर्मचारीलाई विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काकडभिट्टा नाका, सिरहाको मडार नाका, रौतहटको गौर नाका, रानी भन्सार विराटनगर नाका, भैरहवाको बेलहिया नाका, पर्साको वीरगञ्ज नाका, कपिलवस्तुको कृष्णनगर नाका, कैलालीको गौरीफन्टा नाका, बाँकेको जमुनाहा नाका, सिन्धुपाल्चोकको तातोपानी, कन्चनपुरको गड्डाचौकी, रसुवाको रसुवागढीमा ४८ जना अस्थायी दरवन्दी कायम गरी खटाउने स्वास्थ्य सेवा विभागको सूचनामा उल्लेख गरिएको छ ।

हेल्थ डेक्समा खटिने स्वास्थ्यकर्मीले ती नाका र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्नेहरुमा प्रकोपजन्य रोगहरुको पहिचान र निराकरण गर्न भूमिका खेल्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार