थप ७२२ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ लाख ५५ हजार नाघ्याे


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ७ मंगलवार १०:५९ बजे

थप ७२२ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २ लाख ५५ हजार नाघ्याे

काठमाडौं । नेपालमा आज थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ९६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।


प्रतिक्रिया

सम्बन्धित समाचार