जीवनको नयाँ गोरेटो देखाउने पाठशाला हुन् सुनिता


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ मंसिर १६ मंगलवार ११:३३ बजे

जीवनको नयाँ गोरेटो देखाउने पाठशाला हुन् सुनिता

बिना कुनै गल्ती लुकेर जिउनुजति नमज्जा जीवनमा सायदै अरु कुरा होलान् । निर्दोष भावनाले सकिनसकी बोकेको संघर्षसिल भोगाई जति अरुलाई सुनाउन पायो, उति मन हलुंगो त हुन्छ नै । अर्कोतर्फ आफ्नो भोगाई अरु थुप्रै संघर्षपूर्ण जीवनका लागि ठूलो पाठशाला बन्नसक्छ ।

हो,समाजले अनेकथरी कुरा काटेपनि आफ्नो जीवनको भोगाईलाई प्रष्टयाउदै भारतको कोठीमा आफूले बाँचेको नारकीय जीवनको वास्तविक कथा सु्नाएकाले सुनिता दनुवार धेरैका लागि ठूलो शिक्षालय हुन् । अझ उनको भोगाईमा आधारित पुस्तक ‘आँशुको शक्ति’ समाज सुधारको अर्को शक्तिशाली दस्तावेज हो ।

आउने ग्राहकको यौन प्यास मेटाउन आफ्नो अस्मिता सुम्पिनुपर्ने बाध्यतादेखि त्यस्तो बाध्यताभित्र लुकिरहेका सयौं निर्दोष चेहराहरुको कथा खुलस्त सुनाएकी छन् सुनिताले । कोठीको नारकीय जीवनबाट स्वदेश फर्केपछिका सम्पूर्ण समय उनी आफूजस्तै अरु चेली बेचिन नपरोस् भन्ने ध्याउन्नमा छिन् । कुनै समय, समाजले नबुझीकन घृणाको पात्रको रुपमा हेरिएका सुनिता लगायतका दर्जनौं महिला यतिबेला कसैको आमा वा दिदी बहिनी वा श्रीमती मात्रमा सिमित छैनन्,उनीहरुले चालेको अधिकार प्राप्तीको लडाईँ तथा आँशुलाई शक्तिमा बदल्ने कदम अत्यन्तै प्रशंसनीय र अनुकरणीय छ ।

अधिकारकर्मी सुनिता हाल सुनिता फाउण्डेसन सञ्चालन गरेर सामाजिक काम गरिरहेकी छन् । विगतमा शक्ति समुह लगायत विभिन्न संघसंस्था वा सामाजिक काममा सक्रिय रहेकी उनै सुनिता दनुवारसँग जीवन भोगाईका थोरै अनुभवलाई बर्तमानसँग जोडेर कुरा गरेका छौँ ।

थप कुरा भिडियोमा ।


प्रतिक्रिया

सम्बन्धित समाचार