लोक तथा दोहोरी गायिका सीता थापाले पारिवारिक माहोलमै आफ्नो जन्मदिन मनाएकी छन् । कोरोना भाईरसको बढ्दो संक्रमण तथा लकडाउनले अन्य सेलिब्रेटीले पनि पछिल्लो समय जन्मदिन लगायतका उत्सवहरु प्रायः घरभित्रै अर्थात सिमित व्यक्तिको उपस्थितिमा मनाउने गरेका छन् ।
नेपाली कलाकारले पछिल्लो समय विवाह,जन्मदिन लगायतका उत्सव धुमधामका साथ मनाउने गरेका छन् । बिडम्बना, कोरोना भाईरसले विश्व नै त्रसित बनेका बेला सेलिब्रेटीले पनि आफ्ना विशेष दिनलाई जमघटबाट टाढै विशेष बनाउने गरेका छन् । सोहि क्रममा लोक तथा दोहोरी गायिका थापाले पनि आफ्नी छोरी,छोरीका केहि साथीबिच जन्मदिन मनाएको बताइन् ।
‘काँचो ओखर’, ‘नयाँ बानेश्वर’, ‘काठमाडौं सिंहदरबार’, ‘गालैमा रै’छ डण्डीफोर’, ‘ऊनीको पछ्यौरी’, ‘खानीखोला’ लगायत दर्जनौ चर्चित गीतकी गायिका सीता थापा बाल्यकालदेखि नै संगितमा छिन् ।
बाल्यकालदेखिकै गायनमा रुचि गायिका राख्ने सीता थापा विशेषगरी काठ क्षेत्रमा अझ लोकप्रीय छिन् । समग्र लोक गायनको क्षेत्रकी एक उदाहरणीय गायिका थापा भन्छिन्,‘गायन यात्रामा मैले अढाई दशक पार गरिसकेँ । आगामी दिनमा पनि सांगितिक क्षेत्रमै निरन्तर मेहेनत गरिरहनेछु । गीत र मेरो जीवन एक अर्काको पर्याय जस्तै भएको छ ।’
२०५४ सालमा भएको राष्ट्रिय लोकगीत प्रतियोगितामा २०५४ सालमा तृतीय स्थान हासिल गरेकी गायिका सिता थापाले नगरपालिका लोकदोहारी गीत प्रतियोगिता २०५४ मा नै बद्री पराजुलीसँगको समूहमा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
त्यसपछि उनले रुपै राम्रो, सान्नानी, सीपाघाटै र घर हाम्रो चरिकोट जस्ता एल्बम बजारमा आए । जसले गर्दा उनलाई लोक दोहोरी गायनमा फर्केर हेर्नुपर्ने अवस्था आएन ।
अहिले उनको स्वरमा बजारमा आएका गीतको संख्या १२ सय नाघिसकेको छ । संख्याका हिसाबले मात्र होइन गुणस्तर र चर्चाका दृष्टिले पनि उत्तिकै अग्रपंक्तिमा छन् थापाद्वारा स्वरबद्ध गीतहरू ।
काठ क्षेत्रकी रानीको रुपमा चिनिएकी कर्णप्रिय स्वरकी धनि गायिका सितालाई हाम्रो तर्फबाट पनि जन्मदिनको अथाह शुभकामना
गायक सरोज लामिछाने तथा गायिका सीता थापाको कुराकानी हेर्न सक्नुहुनेछ ।
