काठमाण्डौ तराई जोड्ने फाष्ट ट्रयाक निर्माणमा कोरोनाको असर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ जेठ १६ शुक्रवार ११:०३ बजे

काठमाण्डौ तराई जोड्ने फाष्ट ट्रयाक निर्माणमा कोरोनाको असर

काठमाण्डौ निजगढ द्रुतमार्ग फाष्ट ट्रयाक निर्माणको काम कोरोना तथा लकडाउनले प्रभावित भएको छ । ७६ किलोमिटरको यो सडक निर्माणको कामको गति सुस्त बनेको हो ।

काम प्रारम्भ भएको २ बर्ष पुग्यो । नेपाली सेनाले यो राष्ट्रिय गौरबको आयोजना निर्माण गर्ने जिम्मा लिएको हो । ५ बर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि हाल कोरोना भाईरस तथा लकडाउनको कारणले उक्त आयोजना निर्माणको काम प्रभावित बनेको छ । ‘कोरोना अगाडि धेरै एक्साभेटरहरु चलिरहन्थे । कामदारहरु पनि धेरै देखिन्थे । अहिले त रोकिएको छ । यस्तै अवस्थाले यो आयोजना निर्माण सम्पन्न हुन अरु पाँचबर्ष लाग्नसक्छ’ललितपुरस्थित बुंगती फर्सिडोलका एक स्थानीयले भने ।

बन्दै गरेको यो फराकिलो सडक पुरा हुन दर्जनौँ पुल बनाउन बाँकी छ । पुल पनि अत्याधुनिक प्रविधिबाट उचाईका पुलहरु बन्नुपर्नेछ । यद्यपी हालसम्म निर्धारित मितिभित्रै सम्पन्न गर्नेगरी काम भईरहेको नेपाली सेनाले जनाएको छ । लकडाउन बढिरहने हो र कोरोनाको महामारी केहि समयभित्रै अन्त्य नभए आयोजना सम्पन्न हुने समय पर सर्नसक्ने नेपाली सेनाको बुझाई छ ।

हालसम्म फाष्ट ट्रयाकको के कति काम भईरहेको छ त, हेर्नुहोस् भिडियोमा..


प्रतिक्रिया

सम्बन्धित समाचार