आजदेखि सीरियामा सहायता समाग्री


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २९ बुधवार १७:२५ बजे

आजदेखि सीरियामा सहायता समाग्री

काठमाण्डौ
भदौ २९
संयुक्त राष्ट्र संघले युद्ध विराम घोषणा गरिएपछि सीरियामा लडाईका घट्नामा उल्लेख्य कमी देखिएको जनाएको छ ।

राष्ट्र संघका विशेष दूत स्टेफेन डि मिस्तुराले अस्ती सोमबार युद्ध विराम घोषणा भएयता लडाईका घटनामा उल्लेखनीय कमी देखिएको बताउनुभएको हो । सीरियामा युद्धविराम लागु गराउन रुस र अमेरिकाले गत शुक्रबार सहमति गरेका थिए । हिंसात्मक घटनाहरु भए तिनले युद्धविरामको स्थिति जोखिममा पर्ने भन्दै विशेष दूत मिस्तुराले चिन्ता समेत व्यक्त गर्नुभएको छ ।
आउने दिनमा युद्धविरामको वास्तविक परीक्षण हुने उहाँले बताउनुभयो । मिस्तुराका अनुसार विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पो शहरको पूर्वी भागमा राहत सामाग्री पुर्याउनु अहिलेको मुख्य प्राथमिकता रहेको छ । तर सिरियाली विदेश मन्त्रालयले उसको सहमति विना कुनै राहत सामाग्रीको एलेप्पोमा ढुवानी हुन नदिने चेतावनी दिएको छ । गोलाबारी नभएकाले त्यहाँ बालबालिकाहरु सडकमा खेलिरहेका बीबीसीले उल्लेख गरेको छ ।
राहतसहित आपतकालीन सहायता सामाग्रीको ढुवानी आजबाट सुरु हुने बताइएको छ । तर रुसले देशभर युद्धविराम उल्लंघनका २० भन्दा धेरै घटना विद्रोहीहरुद्वारा भएको भन्दै अमेरिकालाई उसले समर्थन गर्दै आएका विद्रोही समूहलाई नियन्त्रण गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार