नेपालले उत्तर कोरियालाइ थर्कायो !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २७ सोमवार १९:३९ बजे

नेपालले उत्तर कोरियालाइ थर्कायो !

काठमाण्डौ
भदौ २७
नेपालले ३ दिनअघि उत्तर कोरियाले गरेको आणविक परीक्षणको भत्र्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी उत्तर कोरियाले शुक्रवार गरेको पाँचौ आणविक परीक्षणको भत्र्सना गरेको हो। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्प र अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै आणविक परीक्षण गरेको भन्दै परराष्ट्र मन्त्रालयले भत्सर्ना गरेको हो । नेपाल यस्ता आणविक परीक्षणको सधै विपक्षमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा हतियारको पूर्ण निःशस्त्रीकरणको नीति लिएको नेपालले उत्तर कोरियामा शान्ति भएको हेर्न चाहने उल्लेख छ । मन्त्रालयले यस्ता किसिमका आणविक परीक्षण रोक्न उत्तर कोरियाली सरकारलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार