काठमाण्डौबाट तराइ फुत्तै पुग्न पाउनुपर्ने सांसदहरुको भनाइ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २३ बिहीवार २०:१५ बजे

काठमाण्डौबाट तराइ फुत्तै पुग्न पाउनुपर्ने सांसदहरुको भनाइ

काठमाण्डौ
भदौ २३
व्यवस्थापिका संसदको विकास समितीले काठमाण्डौ तराइ जोड्ने फाष्ट ट्रयाक निर्माण आफ्नै लगानीमा निर्माण गर्न सरकारलाइ निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समिती बैठकले आवश्यक परे वैदेशिक ऋण÷सहायता समेत लिने तर निर्माण कार्य आफै गर्न सरकारलाइ निर्देशन दिएको हो ।

साथै समितीले निजगढ अन्तराष्ट्रिय विमानस्थलन निर्माण प्रकृयालाइ छिटो अघि बढाउन सरकारलाइ भनेको छ । समिती बैठकमा सांसदहरुले निजगढ अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रुतमार्ग (फाष्ट ट्रयाक) समयमैै निर्माण अघि नबढेकोप्रति आपत्ति जनाएका छन् । विभिन्न दलका सांसदहरुले मुलुकको आर्थिक व्यवस्थामा परिवर्तन ल्याउन सक्ने यी पूर्वाधार निर्माण अघि बढाउन सरकारले उदासिनता देखाएको आरोप लगाएका छन् । निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणका क्रममा शुरुको बेला १३ सय घरधुरी प्रभावित रहेको अवस्थामा अहिले १४ सय २१ पुगिसकेको तथा मुआब्जा लिने घरधुरी थप हुदै गएकाले आफ्नै पालामा दु्रत मार्गमा गाडी गुडेको हेर्न पाइनेमा केहि सांसदले आशंका व्यक्त गरेका छन् । सरकारले छुट्टयाएको एक अर्ब ५० करोड रुपैयाँ स्थानीयलाई मुआब्जा दिएको भए आवश्यक काम अघि बढने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार