मोटरसाइकल चोर्नेहरु यिनीहरु हुन्,हेर्नुस्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ भदौ २३ बिहीवार १६:०४ बजे

मोटरसाइकल चोर्नेहरु यिनीहरु हुन्,हेर्नुस्

काठमाण्डौ
भदौ २३
मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई भारतीयसहित ६ जनालाई झापा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । झापाका विभिन्न स्थानबाट हराएका १५ वटा मोटरसाइकलसहित अस्ति मङ्गलबार पक्राउ परेका उनीहरुलाई आज इप्रका बिर्तामोडले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चन्द्रगढी–८ का २८ वर्षीय अशोक राजवंशी, बिर्तामोड–२ का १९ वर्षीय सइदुल सेख, भारतको दार्जीलिङ माटिगडा थाना बस्ने २१ वर्षीय जीवन राजवंशी, भारतकै किसनगन्जका २१ वर्षीय मोहमद साइदुन, हल्दिवारी–१ का २० वर्षीय राम भारती र भद्रपुर–१३ का २० वर्षीय दीपक रायलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुका साथबाट १० थान चोरीका मोटरसाइकलसमेत बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । मोटरसाइकल चोरी हुने क्रम बढेपछि इप्रका बिर्तामोडले प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार