महिनामा एकहप्ता पनि विद्यालय नजाने प्रधानाध्यापकलाई कारबाहीको माग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन ९ सोमवार ०९:१८ बजे

महिनामा एकहप्ता पनि विद्यालय नजाने प्रधानाध्यापकलाई कारबाहीको माग

काठमाण्डौ
८ फागुन ।

महोत्तरीको बर्दिबासस्थित बरडाँडाबासीले स्थानीय राष्ट्रिय निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक भोला खड्कालाई कारबाहीको माग गरेका छन् । हिपात नेपाल मिडिया ग्रुपले विद्यालय प्रांगणमा गरेको अन्तरकृया कार्यक्रममा उनीहरुले प्रधानाध्यापक खड्का महिनामा मुस्किलले एकहप्ताजति विद्यालय पुग्ने गरेको गुनासो गरेका छन् ।

01
जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल,स्रोतव्यक्ति,राजनीतिक दलका प्रतिनिधी लगायतको उपस्थितीमा हिपात नेपालले गरेको कार्यक्रममा अभिभावकहरुले आफ्ना बालबालिकाको शैक्षिक भविष्य अन्यौलमा परेको भन्दै गुनासो गरेका छन् । सो विद्यालयक प्रधानाध्यापक खड्काको दरबन्दी अर्कै विद्यालयमा भएपनि सो विद्यालयमा महिनाको बल्लतल्ल केहिदिन पुगेर तलव बुझ्ने गरेको,खड्का आर्थिक लाभ लिने अन्य काममा समेत संलग्न रहेको,विद्यालय समयमा अन्यत्रै समय दिने गरेको आरोप स्थानीयको छ । शिक्षक स्वयम्ले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउदा सामुदायिक विद्यालयलाई जागिर खाने माध्यममात्र बनाइरहेको उनीहरुको दाबी छ । बरडाँडाको राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा २ जनामात्र शिक्षक रहेको भन्दै उनीहरुले जिल्ला शिक्षा अधिकारी दाहाललाई विद्यालयको अवस्थाबारे गम्भिर बन्न आग्रह गरेका छन् ।

16681831_2034438330116300_6969337730546387662_n
शिक्षा र सञ्चार विषयक परामर्श कार्यक्रमपछि हिपात नेपालले जिल्ला शिक्षा अधिकारी दाहालसहितको उपस्थितीमा नेपालको शिक्षाको अवस्थाबारे अन्तरकृयात्मक कार्यक्रम गरेको हो ।

16806935_2034438380116295_4038020700417131226_n

दुबै कार्यक्रममा बोलेका स्थानीय राजनीतिक दलका प्रतिनिधीले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि स्थानीय युवाहरु जाग्नुपर्ने बताए । कार्यक्रममा शिक्षक नियुक्ती र सरुवामा राजनीतिक दलको दबाबबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा जिल्ला शिक्षा अधिकारी दाहालले दबाब थेगिरहँदा गुणस्तरीय काम गर्न नसकेको स्विकार गरे । तर,राजनीतिक दलका प्रतिनिधीले भने आफूहरुको तर्फबाट कुनै दबाब नगएको र जिल्लाको शैक्षिक अवस्था सुधारमा केन्द्रित हुन जिल्ला शिक्षा अधिकारीलाई सुझाव दिए । कार्यक्रममा आक्रोसित स्थानीय युवा तथा अभिभावकको प्रश्नअघि नै सो विद्यालयका प्रधानाध्यापक सो कार्यक्रमस्थलबाट सुटुक्क निस्किएका थिए । जिल्ला शिक्षा अधिकारी कार्यक्रममा पुगेलगत्तै प्रधानाध्यापक गायब भएका हुन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार