अक्षयकोष र पुरस्कार स्थापित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ फागुन १ आइतवार ०७:५५ बजे

अक्षयकोष र पुरस्कार स्थापित

ललितपुर, १ फागुन

नेपाल पत्रकार महासङ्घ ललितपुरले शनिबार पत्रकार अक्षयकोषका साथै पुरस्कार स्थापना गरेको छ ।

महासङ्घको पूर्ण बैठकले पत्रकारको स्वास्थ्योपचारमा सहयोग गर्ने उद्देश्यले रु एक लाख बराबरको अक्षयकोष स्थापना गरेको अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो । उक्त कोषमा हरेक वर्ष रकम थप गर्दै रु १० लाखसम्म पुयाइने लक्ष्य छ । कोषमा जम्मा भएको रकममा आउने ब्याजबाट बिरामी पत्रकारलाई सहयोग गरिने छ ।

बैठकले महासङ्घ ललितपुरमा संस्थागत योगदान पुयाउने पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले रु १५ हजारको ‘ललितपुर पत्रकारिता पुरस्कार’ स्थापना गर्नेसमेत निर्णय गरेको छ । ती पुरस्कार जिल्लाको हरेक अधिवेशनमा वितरण गरिने बताइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार