काभ्रेका १० प्रतिशत स्थानीयले शौचालय प्रयोग गर्दैनन्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १० आइतवार १३:४१ बजे

काभ्रेका १० प्रतिशत स्थानीयले शौचालय प्रयोग गर्दैनन्

बनेपा, १० पुस ।

काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र महाभारत शृङ्खला डाँडापारिका अधिकांश गाविसका स्थानीयले अझै पनि शौचालयको प्रयोग नगरेको पाईएको छ । भौगोलिक कठिनाइ तथा आर्थिक, यातायात र जनचेतनाको अभावका कारण डाँडापारिका गाविसमा शौचालय निर्माण हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका अधिकृत रामकाजी काफ्लेले जानकारी दिनुभयो ।

तर केही वर्षअघि जिल्लामा २५ प्रतिशत मात्रै शौचालय भएकामा अहिले धेरै शौचालय बनेको उहाँले बताउनुभयो । डिभिजन कार्यालयका अनुसार जिल्लामा ८० हजार ७ सय २० मध्ये ८ हजार चार सय ६४ घरधुरीले शौचालय बनाएका छैनन् । भूकम्पका कारण १७ हजार ७ सय ४९ शौचालय पुनःनिर्माण हँुदैछन् । दुर्गम क्षेत्र गोकुले, घर्तीछाप, फोक्सिङटार, साल्मेचाकल, साल्धारा, सिसाखानी, महादेवस्थानका केही तथा बालुवापाटी देउपुरका केही घरधुरीले समेत शौचालय प्रयोग गर्दैनन् ।

काफ्लेले खुला दिसामुक्त घोषणा नभएका गाविसमा गाविसस्तरीय सम्मेलन गरेर कार्ययोजना बनाउने काम थालिएको जानकारी दिनुभयो । जिल्लामा अहिलेसम्म २७ गाविस खुला दिसामुक्त भएका छन् भने छ गाविसमा घोषणाको तयारी हुँदैछ । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार