लोकमानको मुद्धा हेर्ने न्यायाधिसलाई महाअभियोग लगाउन नसकिने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २१ मंगलवार १८:५४ बजे

लोकमानको मुद्धा हेर्ने न्यायाधिसलाई महाअभियोग लगाउन नसकिने

काठमाण्डौ
मंसिर २१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको मुद्दा हेर्ने न्यायाधीशविरुद्धको महाअभियोग उजुरी  खारेज भएको छ । संसद्को महाअभियोग सिफारिस समितिले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईविरुद्धको महाअभियोग उजुरीलाई खारेज गरेको छ ।

आज बसेको संसद्को महाअभियोग सिफारिस समितिले उजुरी खारेज गर्ने निर्णय गरेको छ । उजुरीमा कुनै प्रमाण र आधार नभेटिएको निश्कर्ष बैठकले निकालेको छ । भविष्यमा कुनै कारबाही नहुने गरी उजुरी खारेज गरिएको समितिका सदस्य तथा एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । सांसदहरु रक्मणी चौधरी, रामकुमार राई र हरीचरण शाहले भट्टराईमाथि महाअभियोग लगाउन समितिमा उजुरी दिएका थिए । प्रारम्भिक छानबिनबाटै उजुरी खारेज गरिएको छ । न्यायाधीश भट्टराई निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको रिटमा सुनुवाइका लागि तोकिएको विशेष इजालसमा तोकिएको छ । लोकमानविरुद्ध सर्वोच्चमा परेको योग्यतासम्बन्धी रिटमा पुस ७ गते निर्णय हुँदैछ । लोकमानविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावउपर संसद्मा छलफल जारी छ । संसद्मा एमालेले अवरोध गरेपछि महाअभियोगमाथिको छलफल पनि अहिले अड्किएको छ । छलफल सकाएर समितिमा पठाउने तयारी भए पनि संसद् अवरुद्ध भएकोले त्यो काम हुन सकेको छैन ।


प्रतिक्रिया

सम्बन्धित समाचार