आफ्नो नोट सटही नगरेर भारतले बेइमानी देखाउन खोजेको हो ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १ बुधवार १०:०४ बजे

आफ्नो नोट सटही नगरेर भारतले बेइमानी देखाउन खोजेको हो ?

काठमाण्डौ
मंसिर १
भारतले भारतिय रुपैया ५ सय र १ हजार दरका पुरानो नोटमा प्रतिबन्ध लगाएपछि सरकारले नेपालीसँग भएको भारु नोट सटहीमा गरिरहेको प्रयास असफल भएको छ ।

नेपालले भारु सटहीका लागि गरेको प्रस्ताव भारतले अस्वीकार गरेको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन् । भारतले भारु नोटमा प्रतिबन्ध लगाएको भोलिपल्टै नेपाल राष्ट्र बैंकले सटहीका लागि पठाएको पत्रको समेत भारतले कुनै जवाफ दिएको छैन ।
हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी मोदीसँग गरेको टेलिफोन वार्तामा पनि भारतले स्पष्ट जवाफ नदिएको श्रोतको दाबी छ । नेपाल र भारतका सरकार तथा केन्द्रीय बैंकका अधिकारीबीच वार्ता भईरहेको बताइएपनि नेपालीसँग भएका उक्त दरका नोट सटहीको अनिश्चिततासँगै सर्वसाधरणमा चिन्ता बढेको छ ।
बैंकिङ प्रणालीमा ३ करोड ३६ लाख ९० हजार रहेको राष्ट्र बैंकले बताएपनि त्योभन्दा तीन गुणा बढी भारु भएको ठानिएको छ ।  सुदूरपश्चिममा मात्रै ५ अर्ब भारु भएको अनुमान गरिएको छ । कालोधन, नक्कली नोट नियन्त्रणका लागि भन्दै भारत सरकारले गतसाता त्यहाँको ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार