काठमाण्डौ
कात्तिक २८
कोलम्बिया सरकार र फार्क बिद्रोहीबिच नयाँ शान्ति सम्झौता भएको छ ।
६ हप्ताअघि भएको जनमतसंग्रहले यसअघिको शान्ति सम्झौता अस्वीकार गरेपछि कोलम्बिया सरकार र फार्क बिद्रोहीले नयाँ शान्ति सम्झौताको घोषणा गरेका हुन् । शान्ति सम्झौताको विपक्षमा रहेका पूर्व राष्ट्रपति अल्भारो उरिबी पनि सहभागी भएको वार्तापछि नयाँ शान्ति सम्झौताको घोषणा गरिएको हो ।
यसले देशमा ५२ वर्षसम्म चलेको गृह युद्धको औपचारिक रुपमा अन्त्य गरेको छ । यसअघि भएको सम्झौता फार्क बिद्रोही प्रति निकै लचक भएको आरोप लागेको थियो । नयाँ सम्झौता संसदले अनुमोदन गर्नु पर्नेछ । यसपटक शान्ति सम्झौताका विषयमा जनमत संहग्रह गरिने छैन ।
